PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

निर्वाचन आयोगले भन्यो ‘औसत २० प्रतिशत मत खस्यो’ 



पहिलोपोस्ट

निर्वाचन आयोगले भन्यो ‘औसत २० प्रतिशत मत खस्यो’ 

काठमाडौँ : निर्वाचन आयोग बिहान १०ः३० बजेसम्म औसत २० प्रतिशत मत खसेको जनाएको छ। आयोगका अनुसार सवैभन्दा बढी मनाङमा ४२ प्रतिशत मत खसिसकेको छ। यस्तै, कास्कीमा ३५, बाग्लुङमा ३५, र, रुकुममा २५ प्रतिशत मत खसेको आयोगको भनाई छ।

आयोगले अन्य जिल्लाहरुमा २५ प्रतिशत मत खसेको जनाएको छ। 

पहिलो चरणमा ३४ जिल्लामा २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ। २८३ मध्ये २ वटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका कारण आज २८१ स्थानीय तहमा मात्र निर्वाचन हुँदैछ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell