PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

मतदाता रनभुल्ल : भन्छन् गार्इ र गोरु चिनिएन 



पहिलोपोस्ट

मतदाता रनभुल्ल : भन्छन् गार्इ र गोरु चिनिएन 

काठमाडौं : मतदाताले गार्इ र गोरु चिन्ह पहिचान गर्न कठिन भएको गुनासो गरेका छन्। पत्रपत्रिकामा राप्रपाको चुनाब चिन्ह गाई र तमलोपाको चुनाब चिन्ह हल गोरु छ। यी दुई उस्तै देखिएपछि मतदाता अलमलमा परेका हुन्। मतदाता पूर्णमान तुलाधरले भने, 'म त गाई र गोरुमा झुक्किएँ।' 
मतदान स्थलमा गएपछि आत्तिएर कुन हो कुन हो पत्तै नपाएको उनको गुनासो थियो। 

निर्वाचन शिक्षा प्रभावकारी हुन नसकेका कारण चुनाब चिन्हमा झुक्किएको गुनासो अरु मतदाताले पनि गरेका छन्। पार्टी तथा निर्वाचन आयोगले सबै मतदातालाई निर्वाचन शिक्षा कार्यक्रम पूर्णरुपमा गर्न नसकेका बताए। पढेलेखेकाले त नबिग्रने गरी मतादान गर्न सक्छन् तर बुढा बुढी तथा अशिक्षित मतदातालाई भने कठिन भएको मतदाता रमेश कुमार श्रेष्ठले बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell