PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

गगनविरुद्ध मैतिदेवीमा एमालेको हुटिङ : गगन भन्छन् 'मलाई देख्दा किन डराउँछन् साथीहरु?



पहिलोपोस्ट

गगनविरुद्ध मैतिदेवीमा एमालेको हुटिङ : गगन भन्छन् 'मलाई देख्दा किन डराउँछन् साथीहरु?

काठमाडौं : नेकपा एमालेका कार्यकर्ताले गगन थापाविरुद्ध मतदान केन्द्रमा समेत हुटिङ गरेका छन्। काठमाडौं महानगरपालिकाको वडा नम्बर ३० अन्तर्गत मैतिदेवी केन्द्रमा मतदानका लागि पुगेका स्वास्थ्यमन्त्री थापालाई मतदान सकेर संचारकर्मीसँग प्रतिक्रिया दिने क्रममा स्वयंसेवकको कार्ड भिरेको समूहले होहल्ला गरेको हो। 

मिडियासँगको प्रतिक्रियालाई 'डिस्टर्व' नै हुनेगरी होहल्ला गरेका स्वयंसेवकहरुले भने उल्टै मिडियाले मोवाइलबाट फोटो खिच्न नपाउने तथा मोबाइलमा रेकर्ड गर्न नपाउने कारण तेर्स्याएका थिए। 

स्वास्थ्य मन्त्री थापाले भने एमाले कार्यकर्ताहरु आफूलाई देख्दा तर्सिहाल्ने कारण आफूले बुझ्न नसकेको बताए। 'मलाई देख्नासाथ उहाँहरु तर्सिहाल्नु हुन्छ, जहाँ देखे पनि हल्ला गरिहाल्नुहुन्छ,' थापाले भने, 'तर त्यसो किन गरिरहेनुभएको छ मैले कारण बुझेको छैन।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell