काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहमा मतदान भइरहेको जनाएको छ।
आयोगले बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको जनाएको छ। '२८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान हुँदैछ', आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
आयोगका सचिव गोपीनाथ मैनालीले शान्तिपूर्ण रुपमा, विना बाधा अवरोध सबै मतदान केन्द्रमा मतदान कार्य सुरु भएको जानकारी दिए।
जसमध्ये २ गाउँपालिकाका अध्यक्ष समेत निर्विरोध भइसकेका छन्। कांग्रेसका मिङमार छिरिङ लामा मनाङको नारफु गाउँपालिकाका अध्यक्ष निर्विरोध भइसकेका छन्। त्यस्तै डोल्पाको शे फोक्सुण्डु गाउँपालिकामा एमालेका टसी तुञ्दुप गुरुङ निर्विरोध गाउँपालिका अध्यक्ष चयन भएका छन्।
सम्बन्धित समाचार : निर्वाचन अघि नै ३ सय २९ पदमा निर्विरोध