
काठमाडौँ: 'खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड'को दोस्रो संस्करण अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ l आयोजक संस्था नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले शुक्रबार प्रेस विज्ञप्तिमार्फत अवार्ड बारे जानकारी दिएका हुन्।
अवार्ड यही भदौ ३ मा हुने भएको छ। नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुर्याएका कलाकार तथा पत्रकारलाई खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड द्वारा सम्मान गर्दै आएको छl २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको मुल नारा 'नेपाली चलचित्र गाउँदेखि विश्वसम्म' भन्ने रहेको छ।
नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रवर्धन गरि नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य रहेको र ग्लोबल नेपाली फिल्म अवार्ड आगामी दिनहरुमा विश्वको अन्य मुलुकहरुमा समेत आयोजना गर्दै लैजाने अध्यक्ष तथा नायक नवराज श्रेष्ठले बताए।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने उक्त अवार्ड कार्यक्रममा नेपालबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधु कुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन्l