PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

मनाङमा ५० प्रतिशत अन्यत्र औशतमा ३० प्रतिशत मतदान



पहिलोपोस्ट

मनाङमा ५० प्रतिशत अन्यत्र औशतमा ३० प्रतिशत मतदान

काठमाडौं : सबैभन्दा कम मतदाता रहेको मनाङ जिल्लामा सबै छिटो मतदान भइरहेको छ। दिउँसो १२:३० बजेसम्म निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्रको तथ्यांक अनुसार मनाङ्मा ५० प्रतिशत मतदान भइसकेको छ। 

बाग्लुङ, पर्वत, कास्की लगायतका जिल्लामा औशतमा ३० देखि ४० प्रतिशत मतदान भएको संयुक्त निर्वाचन परिचालन केन्द्रले जनाएको छ।
विहान सात बजेदेखि सुरु भएको मतदान ११ बजेपछि तीब्र रुपमा अघि बढेको छ। साँझ पाँच बजेसम्म मतदानका लागि लाइन बसिसकेकाहरुले त्यो भन्दा पछि पनि मतदान गर्न पाउने छन्। तर पाँच बजेसम्म पनि लाइनमा नपुगेका मतदातालाई भने मतदान अधिकृतले मतदानस्थल प्रवेशमा रोक लगाउनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell