PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अनुमति बिना चलाइएका १४ सय ४६ सवारी साधन प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

अनुमति बिना चलाइएका १४ सय ४६ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौँ : आइतबार भइरहेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा अनुमति नलिई सवारी चलाएकोमा प्रहरीले १४ सय ४६ वटा सवारी नियन्त्रणमा लिएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्रका गौशला, बौद्ध,  कमलपोखरी, कालीमाटी,  सातदोवाटो, कोटेश्वरलगायका विभिन्न स्थानबाट सवारी नियन्त्रणमा लिएको हो।  

महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले अनुमति पत्र नलिई सवारी चलाएका सवारी नियन्त्रणमा लिएको बताए। निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले आइतबार अनुमति पत्र नलिई सवारी चलाउन निषेध गरेको थियो।  नियन्त्रणमा रहेको सवारी लिन सवारी धनीले कारवाही दस्तुरसहित एक घण्टा कक्षा लिनुपर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell