PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

मतगणनाको समयबारे आयोगले जवाफ दिन सक्दैन : आयोग प्रवक्ता



पहिलोपोस्ट

मतगणनाको समयबारे आयोगले जवाफ दिन सक्दैन : आयोग प्रवक्ता

काठमाडौँ : मतगणना सकिए लगत्तै गणना सुरु गर्ने कि नगर्ने भन्ने निर्णय निर्वाचनले अधिकृतले गर्ने भएकाले आफूले समय किटान गर्न नसक्ने निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतगणनाबारे आयोगले जवाफ दिन नसक्ने बताए। 

'यो निर्वाचन अधीकृतले मतपटेका आइसकेपछि राजनीतिक दलसँगको समन्वयनमा गर्ने निर्णय हो', उनले भने, 'जब निर्णय गरेर उहाँहरुले सूचना प्रकाशित गर्नुहुन्छ। त्यो सूचना मात्र निर्वाचन आयोगलाइ जानकारी हुन्छ। र, त्यसबेला आयोग जवाफ दिने हैसियतमा पुग्छ।'

आयोगले मतगणना सुरु हुन समय लाग्ने संकेत भने गरेको छ। मतपटेकीका संकलन गरेर निर्वाचन अधिकृत भएको स्थानमा पुर्यासउन तीन घण्टा समय लाग्ने र त्यसपछि राजनीतिक दलहरुबीच सहमति गराएर आयोगले गणना सुरु गर्न निर्वाचन अधिकृतलाई जिम्मा दिएको छ। 
आयोगले न्युनतम तीन घण्टामा सबै मतदान केन्द्रबाट मतपेटीका संकलगन गरेर गाउँपालिका र नगरपालिकाको केन्द्रमा ल्याउने र त्यसपछि गणना गर्ने तयारी गरेको छ। 

आयोगले मतपटिकाको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाएको जनाएको छ। साथै आयोगले मतगणनाका लागि ११ बुदेँ निर्देशन समेत जारी गरेको छ। 

आयोगले जारी गरेको निर्देशनमा मत्रपत्र मिलाउँदा मतपत्र च्यातिएको र टुक्रा नभएको अवस्थामा गणना गर्न भनिएको छ। त्यस्तै मतपेटिकाको सुरक्षामा लगाइएको सिल कसैको तर्फबाट नभइ  ढुवानीका क्रममा तथा भणडारणका क्रममा तोडिएको अवस्थामा गणना गर्न आयोगले भनेको छ। निर्वाचन आयोगले मतपत्रमा लगाइएको छाप अर्को चिन्हमा पनि पट्ट्याउँदा परेको खण्डमा सुल्टो चिन्हलाई गणना गर्न निर्देशन दिएको छ। 
निर्वाचन आयोगले आज २ सस ८३ स्थानीय तहमा निर्वाचनको मिति तोकेकोमा २ सय ८१ स्थानमा मतदान हुदैँछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell