PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

मत माग्दा धुव्रिकृत मतदानसँगै एकीकृत: गोकर्णेश्वरका उम्मेद्वार



पहिलोपोस्ट

मत माग्दा धुव्रिकृत मतदानसँगै एकीकृत: गोकर्णेश्वरका उम्मेद्वार

काठमाडौं: काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका उम्मेदवारहरुले एकसाथ मतदातासँग अन्तक्रिया गरे। मतदान गरेर बाहिर निस्किएका मतदाताहरुलाई सम्पूर्णले एकसाथ धन्यवाद व्यक्त गरेका हुन्।

काठमाडौंको केही स्थानमा वर्षाका कारण मतदान प्रक्रिया प्रभावित भएपनि मतदान केन्द्र अरुणोदय माध्यमिक विद्यालयमा मतदान कार्य सामान्य रुपमा अघि बढेको वडा अध्यक्ष उम्मेद्वार बिनोद कुँवरले जानकारी दिए। नेकपा माओवादीका तर्फबाट उम्मेद्वार रहेका कुँवरले भने,'प्रतिस्पर्धी भएपनि आम जनताको लागि हामी सबै उम्मेद्वार हौं। त्यसैले सबै मिलेर उहाँहरुसँग अन्तर्क्रिया थालेका हौं।'



'मतदाताले जसलाई मत दिए पनि आफ्नो जिम्मेवारी त निभाए नि। त्यसैले पनि पक्ष विपक्ष नभनि एकसाथ धन्यवाद दिंदैछौं', एमालेका तर्फबाट वडाध्यक्ष उम्मेद्वार शिव पौडेले भने। धुव्रिकृत भएर मत मागेका पार्टी र व्यक्तिले एकजुट भएर धन्यवाद दिंदै सामाजिक  संदेश दिन खोजेको उनको भनाई छ।



गोकर्णेश्वर ९ मा कुल मतदाता १३ सय १७ रहेका छन्। जसमध्य हालसम्म ९ सयले मतदान गरिसकेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell