काठमाडौँ : पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतदान सकिएको छ। दोलखामा ज्यान जानेगरी भएका घटनाबाहेक अन्य स्थानमा मतदान शान्तिपूर्ण रह्यो। काठमाडौँ उपत्यका लगायत देशभर मतदाताहरु मतदानमा उत्साहपूर्ण ढंगबाट सहभागी भए।
मतदान पाँच बजेबाट सकिएको छ। मतदान सकिएपछि अहिले निर्वाचन गराउन खटिएका कर्मचारीहरुले मतपेटिकालाई लाहा छाप लगाएर मुचुल्का सहित बन्द गरेका छन्। सिल गरिएका मतपेटिकाहरु गाउँ तथा नगरको केन्द्रमा जम्मा गरिनेछ। लगत्तै दलहरुको सहमतिका आधारमा निर्वाचन अधिकृतले मतपेटिकाहरु खोल्नेछन्। हेर्नुस् इलिट जोशीले खिचेका फोटो -