PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

नमोबुद्ध वडा नं. चारमा मतदान स्थगित, अर्को मिति छिट्टै तय गरिने



पहिलोपोस्ट

नमोबुद्ध वडा नं. चारमा मतदान स्थगित, अर्को मिति छिट्टै तय गरिने

काठमाडौंः काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा मतदान स्थगित भएको छ ।

शनिबार राति स्थानीय नवराज पाठकको हत्या भएपछि मतदान स्थगित भएको हो । मतदान स्थगित गरी घटनाको छानविनका लागि न्यायिक समिति गठन गर्न स्थानीयवासीले माग गरेपछि मतदान स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले जानकारी दिए । उनले मतदानको अर्को मिति चाँडै तय गरिनेसमेत बताए । 

चार नम्बर वडामा निर्वाचन स्थगित भएको भएपनि अन्य वडामा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको प्रजिअ सिंखडाले बताए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell