
काठमाडौँ : राष्ट्रिय मावनअधिकार आयोगले दोलखा र काभ्रेमा गोली प्रहारबाट दुईको ज्यान गएको घटना बाहेक समग्रहमा स्थानीय तहको पहिलो निर्वाचन शान्तिपूर्ण रहेको जनाएको छ।
आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ – समग्रहमा मतदान प्रक्रिया उत्साहपूर्ण र शान्तिपूर्ण रुपले मतदान प्रक्रिया सम्पन्न भएको छ।
आयोगले दोलखामा प्रहरीको गोलीबाट एक जनाको ज्यान गएको, काभ्रेमा सशस्त्र प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको र चितवनमा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वारको अपहरण भएको घटना उल्लेख गरेको छ।
साथै सिन्धुपाल्चोक, हुम्ला, रामेछाप, डोल्पा लगायतका जिल्लामा सामान्य झडप भएपनि पछि शान्तिपूर्ण मतदान भएको उल्लेख छ।