काठमाडौँ : आइपीएल क्रिकेटको प्लेअफको समीकरण पूरा भएको छ। प्लेअफमा मुम्बई इन्डियन्स, राइजिङ पुने सुपरजाइन्ट्स, सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सले स्थान बनाएका हुन्।
प्लेअफ समीकरण अनुसार मुम्बई पहिलो स्थानमा छ। आइतबारको खेलमा किंग्स इलाभेन पञ्जावलाई पराजित गर्दै पुनेले दोस्रो स्थान बनाएको छ। तेस्रो र चौथोमा क्रमश हैदरावाद र कोलकता छन्।
फाइनल प्रवेशका लागि अव मुम्बई र पुनेबीच खेल हुनेछ। विजेता फाइनलमा प्रवेश गर्नेछ भने, हार्ने टिमले हैदरावाद र कोलकताबीचको बिजेतासँग फाइनल प्रवेशका लागि दोस्रो खेल्नेछ।