PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

कास्कीको मादी गाउँपालिका १ मा एमाले उम्मेदवार विजयी



पहिलोपोस्ट

कास्कीको मादी गाउँपालिका १ मा एमाले उम्मेदवार विजयी

पोखराः कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका सुरज गुरुङसहितका उम्मेदवार विजयी भएका छन्। 

एमालेका उम्मेदवार गुरुङ ५५७ मत प्राप्त गरी विजयी भएका हुन् । गुरुङका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४३४ र माओवादी केन्द्रका उम्मेदवारले १४ मत प्राप्त गरेका छन्।

मादी गाउँपालिकाका अन्य पद र वडाहरुको मतगणना जारी छ। अहिलेसम्मको मतगणनामा मादीमा एमालेले अग्रता लिएको छ। गाउँपालिका प्रमुखमा एमालेका उम्मेदवारले ५५३, कांग्रेसले ४३३ र माओवादी केन्द्रका उम्मेदवारले १० मत प्राप्त गरेका छन् ।

त्यस्तै,गाउँपालिकाको उपप्रमुखमा एमालेको ५५१, कांग्रेसको ४३३ र माआवबादी केन्द्रका उम्मेदवारले १२ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell