
मनाङ : मनाङको नेस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा एमालेका कान्छा घलेले ६२७ ल्याई विजय भएका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्वार विनोद गुरुङले ४६१ मत प्राप्त गरेको निर्वाचन अधिकृत उदविर नेपालीले पहिलोपोस्टलाई जानकारी दिएका छन्।
यस्तै, उपाध्यक्षमा पनि एमालेका उम्मेद्वार मेन्खु गुरुङ ६११ मत प्राप्त गरी विजयी भएका छन्।