PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

काठमाडौं महानगरको मतगणना सुरु, माइकिङबाट मत परिणाम जानकारी गराइने



पहिलोपोस्ट

काठमाडौं महानगरको मतगणना सुरु, माइकिङबाट मत परिणाम जानकारी गराइने

काठमाडौँ : काठमाडौैं महानगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। प्रदर्शनीमार्गसिथ्त राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो। बिहान ११ बजेदेखि मतगणना सुरु हुने भनिए पनि केही समय ढिला भएको हो। 

देशकै सवैभन्दा बढी मतदाता रहेको काठमाडौंमा दुई लाख ७९ हजार तीन सय ५ मतदाता छन्। ३२ वडा रहेको महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य तथा समावेशी गरी ८४७ उम्मेद्वार छन्।  


चुनावी मैदानमा कांग्रेसमा राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तम डंगोल, नयाँ शक्ति र संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य छन्। यस्तै, साझा पार्टी किशोर थापा र विवेकशील नेपालीका तर्फबाट रञ्जु दर्शना मेयरको प्रतिस्पर्धामा छन्। 

सर्वसाधरणलाई मतगणनाको नजिता दिन सभागृहमा माइकिङ गर्ने व्यवस्था समेत मिलाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell