PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

भोट काउन्टिङमा रञ्जुको रौनक

भोट काउन्टिङमा रञ्जुको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिका मेयर उम्मेदवार रञ्जु दर्शना निर्वाचनका दिनमात्र होइन, मत गणनाको दिन पनि चर्चामा रहिरहिन्। 

सभा गृहमा मत गणनाका लागि पुगेकी रञ्जुप्रति त्यहाँ उपस्थितहरुको गहिरो चासो देखियो। उनीसँग फोटो खिच्न चाहनेहरु मत गणनास्थलमै देखिए। अटोग्राफ माग्नेहरु पनि भेटिए। उनीसँग फोटो खिचाउन चाहनेमा महानगरको विभिन्न पदमा उम्मेदवार रहेर नतिजा कुरिरहेकाहरु पनि थिए।

मिडियालाई आकर्षित गर्ने उनको खुवी मत गणनास्थलमा पनि देखियो। पत्रकारहरु उनीतिर क्यामरा तेर्स्याउन हतार गरिहाल्थे। र, उनी पनि मुसुक्क मुस्काउँदै फोटोजेनिक पोज दिन तयार भइहाल्थिन्। निर्वाचनको परिणाम के हुन्छ भन्न सकिन्न तर सामाजिक सञ्जालमा भने उनी सबैभन्दा माथि छिन्।
 


ट्रेन्डिङ पोस्ट

Ncell