PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

धुलिखेल नगरपालिकामा तीन गते निर्बाचन हुने, नमोबुद्धमा अन्योल 



पहिलोपोस्ट

धुलिखेल नगरपालिकामा तीन गते निर्बाचन हुने, नमोबुद्धमा अन्योल 

काठमाडौं: धुलिखेल नगरपालिकामा जेठ ३ गते निर्बाचन हुने भएको छ। नगरपालिकाको वडा नं १२ मा राप्रपाका उमेद्वार शुक्ललाल तामाङको मृत्यु भएपछि निर्बाचन रोकिएको थियो। ३ गते निर्बाचन भएपछि मात्र धुलिखेल नगरपालिको मतगणना गरिने निर्बाचन अधिकृत मोदिनीप्रसाद पौडेलले पहिलोपोष्टलार्इ बताए। 

नमोबुद्ध नगरपालिकामा निर्बाचन अन्योल


नमोबुद्ध नगरपालिकामा पीडित पक्षको माग संबोधन नभएसम्म निर्बाचन मिति तय हुन नदिने राजनीतिक दलले अडान राखेपछि चुनाब मिति तय हुन सकेन। आइतबार जिल्ला प्रसासनले पीडितको माग गृह मन्त्रालयमा पेस गरेको भए पनि स्थानीयले निर्णय नभएसम्म निर्बाचन नगर्ने भनेपछि चुनाब हुन नसकेको नमोबुद्ध नगरपालिकाका निर्बाचन अधिकृत भोलप्रसाद चापागार्इले बताए। पीडितले गृह मन्त्रलयसंग मृतकलाई शहीद घोषणा गरिनु पर्ने घटनाको दोषीलार्इ सार्वजनिक गर्नुपर्ने घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग राखेका छन्। 

मागमा गृहले सहमति जनाइसकेको छ तर घटानाको दोशीलाई सार्वजनिक गर्न असमर्थ भएकाले कुरा नमिलेको चापागार्इले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell