सल्यानः सल्यानको ढोडचौरमा वडा नम्बर एक र दुई मा नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
वडा नम्बर एकको अध्यक्षमा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी भएका छन् । सदस्यहरुमा कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी, तुल बहादुर थापा विजयी भएका छन् ।
त्यसैगरी वडा नम्बर दुईको अध्यक्षमा माओवादी केन्द्रका रुद्र बुढाथोकीको पूरै प्यानल विजयी भएको छ । सदस्यहरुमा कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने, र गणेशबहादुर चलाउने विजयी भएका छन् ।