PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु



पहिलोपोस्ट

पोखरा : स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ।

महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिए।

सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उनले क्रमशः अन्य वडाको मतगणना गरिने बताए। महानगरपालिकामा एक लाख ६८ हजार ६७  मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए।

मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell