
चरिकोटः दोलखाको जिरी नगरपालिका वडा नम्बर दुईमा नेकपा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ ।
वडा अध्यक्षमा माओवादी केन्द्रका ङिमा पाल्दे शेर्पा ३७३ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सानु शेर्पाले २७९ मत प्राप्त गरेका छन् ।