PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

'डि सिने अवार्ड'का लागि निर्णायकले हेर्दैछन् फिल्म



पहिलोपोस्ट

'डि सिने अवार्ड'का लागि निर्णायकले हेर्दैछन् फिल्म

काठमाडौं : नवौं 'डि सिने अवार्ड' मोफसलमा आयोजना हुने भएको छ। सात वर्ष लगातार काठमाडौंमा आयोजना भएपछि गतवर्षदेखि मोफसलमा आयोजना हुन थालेको हो। अवार्ड यसपटक हेटौडामा आयोजना हुने आयोजकले जानकारी दिएका छन्।

गतवर्ष पोखरामा आयोजना भएको अवार्डको नयाँ संस्करणका लागि हाल सहभागी हुने फिल्मको दर्ता प्रक्रिया र जुरिहरुबाट फिल्म हेर्ने कार्य भइरहेको छ। जुरीमा कलाकार एवं लेखकर निर्देशक मोहन निरौलाको संयोजनमा पाँच सदस्य विजयरत्न तुलाधर, पत्रकार डब्बु क्षत्री, संगीतकार सन्तोष श्रेष्ठ र छायाँकार सबनम मुखिया रहेका छन्। २०७३ वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका फिल्महरु जुरीले हेरिरहेका हुन्।

शान्तिप्रिय र अवार्ड अध्यक्षले कार्यक्रम बारे भने,'फिल्मलाई आन्तरिक रुपमै प्रवर्धन गर्ने उदेश्यले हामीले मोफसल तीर अवार्ड लगेका छौं। हामी घरमा बलियो भएपछि मात्र बाहिर जानु पर्छ भन्ने हाम्रो टीमको मान्यता हो। किनकि हाम्रो पहिलो प्राथमिकता घरेलु दर्शक नै हो।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell