PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

बिक्रम परियारको मृत्युमा कला क्षेत्र स्तब्ध



पहिलोपोस्ट

बिक्रम परियारको मृत्युमा कला क्षेत्र स्तब्ध

काठमाडौं: आइतबार तनहुँको व्यास १ भादगाउँमा अज्ञात समूहको आक्रमणमा परी विक्रम परियारको मृत्यु भयो। मतदान गरेर फर्किने क्रममा घाइते भएका परियारको उपचारको क्रममा दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको हो।

उनी पेशाले कलाकार हुन्। बिक्रम अभिनय साथै सांगीतिक क्षेत्रमा पनि सक्रिय थिए। उनले विशेषगरी रंगमञ्चका प्रशिक्षार्थीहरुलाई संगीत सिकाउने काम गर्थे। काठमाडौँमा बस्दै आएका परियार भोट हाल्नका लागि आफ्नो गृहनगर तनहुँँ गएका थिए।



नेपाली फिल्म तथा हास्य टेलिसिरियलहरुमा अभिनय गर्दै आएका उनी केही व्यापारिक साथै संदेशमुलक विज्ञापनमा पनि देखिएका छन्। उनको मृत्युमा कला क्षेत्रका विभिन्न व्यक्तिले सामाजिक संजालमार्फत श्रद्दाञ्जलि एवं परिवारमा समवेदना व्यक्त गरेका छन्।

 



 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell