PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

काठमाडौँ महानगरको मतगणनास्थलका ७ दृश्य

काठमाडौँ महानगरको मतगणनास्थलका ७ दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : दिउँसो १२ बजेटबाट सुरु भएको राजधानी काठमाडौँ महानगरपालिकाको मेयरको मतगणनाको पछिल्लो परिणाम साढे ५ बजे सार्वजनिक गर्दैगर्दा मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले भने - 'हामीले अहिलेसम्म १ सय ३० मत गनेका छौँ।'


जनताको उत्सुकताको ठीक विपरीत काठमाडौँ महानगरको मतगणना भने कछुवाभन्दा पनि ढिलो गतिमा अगाडि बढिरहेको छ। मतगणनास्थल राष्ट्रिय सभागृहमा नै मतपरिणाम सुन्न पुगेकाहरु समेत गणनाको गतिबाट निराश छन्। गणनामा ढिलाइबारे अधिकारीले भने - 'तपाईँहरुले देखिरहनु भएको छ कति समय कुर्नुपरेको छ। हामीले चाँडो गर्ने कोशिस गरिरहेका छौँ।'

१) माइकबाट मतपरिणाम

सभागृहमा मतपरिणाम सुनाउन माइकिङ हुन्छ। तर साढे पाँच घण्टापछि जम्मा १ सय ३० गणना भएको मतपरिणामले गणनाप्रतिको उत्सुकतामा प्रहार गरेको छ। मुख्य निर्वाचन अधिकृत सभागृहको झ्यालमा आउँछन् अनि मतपरिणाम माइकिङ गर्छन्।


२) मत गन्न ३ मिनेट
एक मत गन्न तीन मिनेटसम्म समय लाग्ने अवस्था छ। एउटा मतपत्रको कोलम हेर्ने अनि सबै कोलम जाँचपछि दलीय प्रतिनिधिलाई देखाउने अनि उनीहरुलाई त्यसको टिपोट गराउने र टिप्ने काम गर्दा तीन मिनेटसम्म समय लाग्ने गरेको छ जसका कारण गणना ढिलाइ भैरहेको छ। 

३) चिन्हको परिणाम

मतगणना सार्वजनिक गर्दा उम्मेद्वारको नाम भनिदैँन। मत्रपत्रमा रहेको चिन्हको मत सुनाइन्छ। 'हामीले अहिलेसम्म वडा नं १ को १ सय ३० मत गन्दा प्रमुखमा रुख - २३, सूर्य - ३५, गोलाकार भित्रको हँसिया हथौडा - २, हातले मसाल बोकेको - २, क्यामेरा -२६, स्टकोट - २५', यसरी मुख्य निर्वाचन अधिकृतले परिणाम सुनाउँछन्।

४) गेट बाहिर पनि उत्सुक

मतगणना स्थल बाहिर मत सुन्न उत्सुकहरु उपस्थित छन्। झरी परे पनि छाता लिएर बस्नेदेखि घाम लाग्दा सडकमै सुत्नेसम्म मतगणना स्थल बाहिर छन्। उनीहरु आफ्नो आफ्नो पार्टीको उम्मेद्वारको सम्भाव्यता माथि चर्चा गर्छन्। अनि गणनास्थलमा रहेका प्रतिनिधिलाई सम्पर्क गर्छन्।


५) चिटबाट परिणाम

मतगणना स्थलमा भएका दलीय प्रतिनिधिले चिटमार्फत् तल मत परिणाम लिक गर्छन्। अनि जब जब दलीय प्रतिनिधि साटफेर हुन्छन्। पत्रकारहरु सोध्न हतारिन्छन्। तर कुनै प्रतिनिधिले ल्याउने मत परिणाममा कुनै दलले त कुनै प्रतिनिधिले ल्याउनेमा कुनै दलले अग्रता ल्याउँछन् जसका कारण पत्रकारहरु अन्यौलमा पर्छन्।







६) पत्रकारको बिजोक

मतगणना स्थलमा पाठकलाई सूसुचित गर्न पत्रकारहरुले बाक्लो उपस्थिति छ। उनीहरुलाई बस्न टेण्टको व्यवस्था गरिएको छ। पानी पर्दा टेलिभिजनका लाइभ क्यामेराहरु छाता राखेर सुरक्षित गर्नुपर्ने अवस्था छ। अनि मत परिणाम पर्खँदा पर्खँदा पत्रकार थाकेर लखतरान पर्ने अवस्था छ।


७) स्याट्याण्डबाइ म्यादी प्रहरी

मतगणना स्थललाई म्यादी प्रहरी सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ। तर कुनै सैन्य गणमा जस्तै म्यादी प्रहरीलाई स्ट्यान्ड बाई मोडमा राखिएको छ। जुन दृश्य बडो रोचक देखिन्छ। उनीहरु पनि पानी पर्दा तल र माथि गरिरहन्छन्।

 


ट्रेन्डिङ पोस्ट

Ncell