PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बाहुबली २ को रेकर्ड हिन्दी बाहेक अन्य भर्सनमा पनि



पहिलोपोस्ट

बाहुबली २ को रेकर्ड हिन्दी बाहेक अन्य भर्सनमा पनि

फिल्म बाहुबलीले बलिउड बक्सअफिसमा त इतिहास नै रच्यो। छोटो समयमा करोड क्लबमा छिर्ने, प्रदर्शन अघि पाँच सय करोड कमाउने, ओभरसिज व्यापार सय करोडमाथी गर्ने देखी ११ दिनमा ११ सय करोड कमाउनेसम्मको रेकर्ड बनाएको हो। तर फिल्मले रचिरहेको इतिहास फिल्मको हिन्दी भर्सनमा मात्र भने सिमित छैन।

फस्पोस्टले जनाए अनुसार बाहुबली द कन्क्लुजनले तामिलनाडुमा पनि एक सय करोड माथीको बक्सअफिस ग्रस कलेक्शन गरेको छ। त्यस्तै केरालामा पनि ५० करोड माथीको व्यवसाय फिल्मले गरेको हो। तामिलनाडुमा रजनिकान्त अभिनित फिल्म एन्धिरान पछि धेरै कमाउने दोस्रो फिल्म बनेको हो। उक्त फिल्मले एक सय करोड १० लाखको व्यापार गरेको जनाइएको छ। तामिल भर्सनमा बाहुबली सिक्वेलले नेट ८१ करोडा कमाएको छ।

करेलामा भने १५ दिनमै ५० करोड कमाउने पहिलो फिल्म बनेको छ। यसअघि फिल्म पुलिमुरुगनले प्रदर्शन अवधीभर १०० करोडमाथीको व्यवसाय गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell