डोल्पाका २ र जुम्लाको १ गाउँपालिका अध्यक्षमा नकेपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन्।
जुम्लाको गुठिचौरमा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले जीत हासिल गर्दै खाता खोलेका हुन्। उनले १ हजार ५ सय ९६ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वि एमालेका क्षेत्रबहादुर भण्डारीले १ हजार ४ सय ६७ मत प्राप्त गरे।
डोल्पाको मुड्केचुला र जगदुल्लामा गाउँपालिका अध्यक्ष पनि माओवादी केन्द्रले विजय हासिल गरेको छ।
मुड्केचुलामा माओवादी केन्द्रका उम्मेद्वारले दत्तबहादुर शाहीले एमाले उम्मेद्वार लकबहादुर रोकायलाई २ मतले पराजित गरे। शाहीले ९ सय ३३ मत प्राप्त गरेर विजयी भए। रोकायले भने ९ सय ३१ मत मात्र पाए।
उपाध्यक्षमा भने एमालेकी सविनाकुमारी रोकाय ९ सय ५९ मत ल्याएर विजयी भएकी छिन्। माओवादी केन्द्रकी हिमाली घर्ती भने ८ सय ३५ मत ल्याएर उपमेयरमा पराजित भइन्।
जगदुल्ला गाउँपलालिकामा नरसिंह रोकाय विजयी भउका छन्। माओवादी केन्द्रका उम्मेद्वार उनले ५ सय ५६ मत पाए। एमालेका उम्मेद्वार दलबहादुर महतरा ४ सय ३४ ल्याएर पराजीत भए। उपमेयरमा पनि माओवादी केन्द्रकी अमृत लामा विजयी भएकी छिन्।
लामाले ५ सय ५३ मत ल्याएकी हुन्। उनकी निकटम प्रतिद्वन्द्वि बुद्धकला बोहोराले ४ सय ३१ मत मात्र प्राप्त गरिन्।