PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

दोलखाको भीमेश्वर १ मा एमाले र कालिञ्चोक १ मा कांग्रेस उम्मेदवार विजयी



पहिलोपोस्ट

दोलखाको भीमेश्वर १ मा एमाले र कालिञ्चोक १ मा कांग्रेस उम्मेदवार विजयी

दोलखाः दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर एक मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
८२१ ल्याइ एमालेका वीरबहादुर थामी वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तसिंह थामीले ६८० मत प्राप्त गरेका छन् ।

त्यसैगरी, कालिञ्चोक गाउँपालिका वडा नम्बर एकमा नेपाली कांग्रेसका बावुलाल थामी वडाध्यक्षमा विजयी भएका छन् । थामी ३०१ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण पाख्रिनले २६२ मत ल्याएका छन् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell