PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

कुन महानगरमा कसको अग्रता? हेर्नुस् मत परिणाम



पहिलोपोस्ट

कुन महानगरमा कसको अग्रता? हेर्नुस् मत परिणाम

काठमाडौँ : राजधानीको  काठमाडौँ महानगरपालिकामा मेयर पदमा एमालेले अग्रता लिएको  छ। भने भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ। पोखरामा पनि एमालेले अग्रता कायमै राखेको छ। 

काठमाडौँमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले १ सय ७२ मत प्राप्त गरेका छन्। 

उनलाई उनलाई साझा पार्टीका किशोर थापाले पछ्याइरहेका छन्। साझाका उम्मेद्वार थापाले १ सय २० मत प्राप्त गरेका छन्। कांग्रेसका राजुराज जोशीले १ सय ११ मत प्राप्त गरेका छन्। 

चितवनको भरतपुरमा भने माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी छिन्। कांग्रेस र माओवादी गठबन्धनबाट उम्मेद्वार बनेकी प्रचण्ड पुत्रीले एमाले उम्मेद्वार देवी ज्ञवालीलाई पछि पारेकी हुन्। 

भरतपुर महानगरपालिका १ लाख १२ हजार ७ सय ४१ मत रहेको छ। रेणुले ४ सय ५१ मत प्राप्त गरेकी छिन्।  एमाले उम्मेद्वार देवी ज्ञवालीले ४ सय ३१ मत प्राप्त गरेका छन्। 

पोखरामा भने एमाले उम्मेद्वार अघि छन्। एमालेका मानबहादुर जिसी १ हजार ६५ मत मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसमा रामजी कुँवरले ८ सय ३१ मत प्राप्त गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell