PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

म्याग्दीको बेनी १ मा एमाले–राप्रपा र रघुगङ्गा १ मा कांग्रेसको प्यानल विजयी



पहिलोपोस्ट

म्याग्दीको बेनी १ मा एमाले–राप्रपा र रघुगङ्गा १ मा कांग्रेसको प्यानल विजयी

म्याग्दीः म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा एमाले–राप्रपाको प्यानलका ४ र नेपाली कांग्रेसका १ जना उम्मेदवार विजयी भएका छन् । 
नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार हिरावहादुर थापा ६३२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रताप मल्लले ५९२, कृष्णबहादुर कार्कीले २११ मत प्राप्त गरेका छन्।

महिला सदस्यमा एमालेकी डिलकुमारी घिमीरे (६६७), गौमती नेपाली (६२०), खुल्ला सदस्यमा राप्रपाका चन्द्र कुँवर (५५८), कांग्रेसका डम्मरबहादुर पोखरेलले (५६१) मत प्राप्त गरी विजयी भएका छन्।

रघुगङ्गा गाउँपालिकाको वडा नम्बर एक बेगखोलामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा बिलबहादुर फगामी ४१८ मत ल्याइ विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले २६३ मत प्राप्त गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell