PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

१९ गाउँपालिकाको नतिजा सार्वजनिक, कहाँ को विजयी?



पहिलोपोस्ट

१९ गाउँपालिकाको नतिजा सार्वजनिक, कहाँ को विजयी?

काठमाडौँ : बैशाख ३१ गते सम्पन्न पहिलचे चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हिमाली र जनसंख्या कम भएका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेका छन्। तर, नगरपालिकाहरुको मतगणना भने अझै जारी छन्। 

हालसम्म सार्वजनिक १९ गाउँपालिकाको नजिता सार्वजनिक भएको छ। जसमा ६ वटामा एमाले, ६ मा कांग्रेस र ६ वटामा माओवादी केन्द्र विजयी भएका छन्। एक स्थानमा भने स्वतन्त्र उम्मेद्वारले विजयी माला पहिरिएका छन्।

एमालेले जितेका

डोल्पाको काइके गाउँपालिकामा एमाले अङ्गत राना विजयी भएका छन्। डोल्पाकै शे– फोक्सुन्डो गाउँपालिकामा टसी टुन्डुप गुरुङ विजयी भएका छन्। त्यस्तै, मुस्ताङ्गको घरपझोङ गाउँपालिका पनि एमालेले जितेको छ। एमालेका आसबहादुर थकाली गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन्। मनाङको चामे गाउँपालिकामा लोकेन्द्रबहादुर घले विजयी भएका छन्। मनाङकै नेस्याङ गाउँपालिकामा कान्छा गुरुङ विजयी भएका छन्। एमालेले स्याङ्जा फेदीखोला गाउँपालिकामा पनि विजय हासिल गरेको छ। घनश्याम सुवेदी फेदीखोलामा विजयी भएका हुन्। 

माओवादी केन्द्रले जितेका

माओवादी केन्द्रले जुम्लाको हिमा गाउँपालिकामा जित हासिल गरेको छ। हिमा गाउँपालिकामा राजबहादुर शाही अध्यक्षमा विजयी भएका हुन्। त्यस्तै जुम्लामै गुठिचौर गाउँपालिकामा हरिबहादुर भण्डारी विजयी भएका छन्। 

डोल्पाको जगदुल्ला गाउँपालिकामा नरसिंह रोकाय माओवादी केन्द्रबाट अध्यक्षमा बाजी मार्न सफल भएका छन्। त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि दत्तबहादुर शाही विजयी भएका छन्।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी गाउँपालिमा डम्वर शाही विजयी भएका छन्। 

नेपाली कांग्रेका विजयी

कांग्रेसले बाग्लुङको तमानखोला गाउँपालिकामा जित हात पारेको छ। जोकलाल बुढा अध्यक्षमा विजयी भएका हुन्। त्यस्तै मुस्ताङको थासाङ गाउँपालिकामा बुद्धि शेरचन अध्यक्षमा विजयी भएका छन्। त्यस्तै मुस्ताङकै लोमान्थान गाउँपालिकामा सुवर्णकुमार विष्ट विजयी भएका छन्। 
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङमा फेन्चोक छेप्तेन गुरुङ विजयी भएका छन्। 

मनाङमा नारफू गाउँपालिकामा मिङ्मा लामा र नाशोक गाउँपालिकामा चन्द्र घलेले जित हात पारेका छन्। 


स्वतन्त्रले जितेको

स्वतन्त्र उम्मेद्वारले मुस्ताङको दालामे गाउँपालिकामा बाजी मारेका छन्। स्वतन्त्र उम्मेद्वार राजु विष्ट गाउँपालिका अध्यक्ष चयन भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell