PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

विवादका कारण कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित



पहिलोपोस्ट

विवादका कारण कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित

काठमाडौँ : कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित गरिएको छ । स्थानीय निर्वाचनको आइतबार रातिदेखि सुरु भएको मतगणना विवादका कारण स्थगित गरिएको हो । 

नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा एमाले० ले अग्रता लिएपछि नेपाली काँग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो । 

अहिले बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell