PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

२ सय ४६ तहमा मतगणना जारी, २० को परिणाम सार्वजनिक, १५ को गणना बाँकी



पहिलोपोस्ट

२ सय ४६ तहमा मतगणना जारी, २० को परिणाम सार्वजनिक, १५ को गणना बाँकी

काठमाडौँ : निर्वाचन आयोगले २ सय ४६ स्थानीय तहमा मतगणना जारी रहेको जनाएको छ। 

२० स्थानको भने नतिजा सार्वजनिक भैसकेको छ। १५ स्थानीय तहको भने गणना अझै सुरु भएको छैन। जसमध्ये ८ तहमा मतपेटिका संकलनमा ढिलाई भएका कारण गणना सुरु हुन नसकेको आयोगले जनाएको छ। 

२ स्थानमा भने आज निर्वाचन हुदैँछ। ती स्थानमा गणना हुन सकेको छैन। त्यस्तै आयोगले भक्तपुरको चाँगुनारायणमा पनि पुन: निर्वाचन गर्दैछ। दुई स्थानीय तहमा यही ३ गते र ५ गते निर्वाचन गर्न मिति तोकिएको छ। अन्य तीन स्थानमा पनि मतगणना सुरु हुन नसकेको आयोगले जनाएको छ। 

सामान्य कुनै स्थानमा आफू पछाडि पर्दा गणना अगाडि बढाउन नमान्ने लगायतका छिटपुट घटना देखिएका छन् निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने नत्र अन्य स्थानमा राम्रोसँग गणना भैरहेको छ। 

उनले निर्वाचन आयोगमा मतगणनालाई गति दिने विषयमा छलफल जारी रहेको बताए। 

ढिलाई भएको भनेको महानगरमा हो। अन्यन्त्र नगरपालिकाहरुमा पनि छिट्टै अगाडि बढेको देखिन्छ उनले भने हामी धेरै ठाउँमा गणना गर्ने व्यवस्था मिलाउँदै छौँ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell