मन्थलीः रामेछापमा अहिलेसम्म नेपाली कांग्रेसले चार स्थानमा, नेकपा एमाले तीन र नेकपा माओवादी केन्द्र एक स्थानमा विजयी भएका छन्।
मन्थली नगरपालिका वडा नम्बर दुईको वडा अध्यक्षमा कांग्रेसका तरहरि शंकर अधिकारी, तीनमा केशव रोक्का, उमाकुण्ड गाउँपालिका एकको वडा अध्यक्षमा नोर्बु शेर्पा र गोकुलगंगा १ मा मणिकुमार लामा विजयी भएका छन् ।
रामेछाप नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर थापा, लिखु १ मा निङ्मार तामाङ र गोकुलगंगा २ मा शेखरमान श्रेष्ठ विजयी भएक छन् ।
त्यसैगरी, मन्थली १ मा नेकपा माओवादी केन्द्र्रका नारायणदास श्रेष्ठ विजयी भएका छन् ।