म्याग्दीः म्याग्दीको धौलागिरि गाउँपालिकाका दुई वटा वडाको मतगणना सकिएको छ।
धौलागिरि १ गुर्जामा नेकपा माओवादी केन्द्रका उम्मेदवार झकबहादुर छन्त्याल २५४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याएका छन् ।
माओवादी केन्द्रकी सीताकुमारी छन्त्यालले महिला सदस्य ९२९८०, दलित महिला सदस्यमा ज्ञानदेवी विक ९२५२०, अन्य सदस्यमा तारामान विक ९२२९० र राप्रपाका सुकमाया छन्त्यालले २६६ मत ल्याएर विजयी भएका छन् । गुर्जामा ६७२ जना मतदाता रहेकामा ४६४ जनाले मतदान गरेका थिए।
त्यसैगरी, धौलागिरि गाउँपालिका–२ लुलाङमा नेकपा एमालेका गमप्रसाद विकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । सो वडाको महिला सदस्यमा यसअघि नै एमालेकी सुवादेवी पुर्जा निर्विरोध निर्वाचित भइसकेकी थिइन्।
दलित महिला सदस्यमा एमालेका ललिसरा विक र सदस्यमा एमालेका मोतीप्रसाद पाइजा निर्वाचित भएका छन्। वडा अध्यक्षमा माओवादी केन्द्रका जङ्गबहादुर विश्वकर्माले १३४ मत ल्याएका छन् ।
नौ सय ३६ मतदाता रहेको लुलाङमा ६०३ जनाले मतदान गरेका थिए । वडा नं १ र २ को मतगणना हुँदा धौलागिरि गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका रिमप्रकाश थापाले ४२८, एमालेका थमसरा पुनले ३७४, उपाध्यक्षमा कांग्रेसका डम्मर भण्डारीले ३१२ र एमालेका रेशम छन्त्यालले ४१२ मत प्राप्त गरेका छन्। रासस