
जाजरकोटः कुशे गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार हरिचन्द्र बस्नेत दुई हजार ५०८ र उपाध्यक्षमा रामछाया शाही दुई हजार ३७८ मत ल्याएर विजयी भएका छन्।
उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तत्तबहादुर हमालले दुई हजार ४४ र उपाध्यक्षका गङ्गा आरसीले एक हजार ९८८ मत ल्याएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका जनकराज शर्माले एक हजार ८१५ र अम्बिका बस्नेतले एक हजार ४३१ मत प्राप्त गरेका छन्
त्यस्तै, वडा नं १ मा एमालेका गोपाल नेपाली र वडा नं २ मा एमालेकै जनक शाहीको पूरै समूह विजयी भएको छ । वडा नं ३ मा भने नेपाली कांगे्रसका टेकबहादुर हमालको समूह विजय भएको छ।
त्यस्तै, वडा नं ४ बाट एमालेका कृतिबहादुर शाहीको पूरै समूह तथा वडा नं ५ मा कांग्रेसका लक्ष्मी सिंहको पूरै समूह विजयी भएको छ। वडा नं ६ मा भने नेकपा माओवादी केन्द्रका अमर शाहीको समूह विजयी भएको छ । वडा नं ७ मा कांग्रेसका रामबहादुर शाहीको पूरै समूह तथा वडा नं ८ मा कांग्रेसका अमर रोकायको पूरै समूह विजयी भएको छ। त्यस्तै, वडा नं ९ मा कांग्रेसकै देवीका सिंहको समूह विजयी भएको निर्वाचन कार्यालयले बताएको छ ।
माओवादी केन्द्र चार वडामा विजयी
त्रिवेणी नलगाड नगरपालिकाका वडा १, २, ३ र ४ मा नेकपा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ । नलगाड– १ मा हिरालाल पुन २९७, वडा नं २ मा रामकुमार गौतम २४५, वडा नं ३ मा प्रचण्ड ओली ३३२ र वडा नं ४ मा लक्ष्मी रावल ३७० मत ल्याई विजयी भएका हुन्।
माओवादी केन्द्रका प्रमुखका उम्मेदवार टेकबहादुर रावलले एक हजार ३५९ र उपप्रमुख उम्मेदवार बालकुमारी बस्नेतले एक हजार १९३, कांग्रेसका प्रमुख उम्मेदवार छवि पन्तले ९७९ र उपप्रमुख उम्मेदवार धनमाया शाहीले ९२४ तथा एमाले प्रमुख उम्मेदवार नवेन्द्र नेपालीले ५९४ र उपप्रमुखका उम्मेदवार सुनिता बोहराले ७३२ मत ल्याएका छन्।रासस