
पोखराः कस्कीको मादी गाउँपालिकाको प्रमुखमा एमालेका बेदबहादुर गुरुङ निर्वाचित भएका छन् । कास्कीको गाउँपालिका मध्येबाट उनी पहिलो निर्वाचित उम्मेदवार हुन् ।
गुरुङले ४ हजार २ सय ३७ मत ल्याएर निर्वाचित भएका छन भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले तीन हजार २ सय ४६ मत ल्याएका थिए । त्यसैगरी, उपप्रमुखमा एमालेकै बिष्णुमाया पौडेलले तीन हजार ६५ मत ल्याएर बिजयी भएकी छन् । बेदबहादुर गुरुङ चलचित्र निर्मातासमेत हुन् ।