PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मुस्ताङका तीन गाउँपालिका प्रमुख चुनिए



रासस

मुस्ताङका तीन गाउँपालिका प्रमुख चुनिए

मुस्ताङः हिमाली जिल्ला मुस्ताङको तीन गाउँपालिकामा मतगणना सम्पन्न भएको छ । 

तिब्बतसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सुवर्णकुमार विष्ट विजयी भएका छन्। 

स्वतन्त्र उम्मेदवार इन्द्रधारा विष्ट पराजित भएका छन् । सुवर्णले ६०३ र स्वतन्त्र उम्मेदवार इन्द्रधाराले ४९५ मत प्राप्त गरेका थिए । नाताले दुबै प्रतिस्पर्धी मामाभाञ्जा हुन्। 

एक हजार ७०० मतदाता रहेको लोमान्थाङमा एक हजार २६३ मत खसेको थियो । सो गाउँपालिकाको उपप्रमुखमा नेपाली कांग्रेसकै कोसी पासाङ विजयी भएका छन्। 
घरपझोङ गाउँपालिकामा नेकपा एमालेका आशबहादुर थकाली विजयी भएका छन्। एक हजार ५६८ मतदातामध्ये एक हजार २५९ मत खसेको घरपझोङमा थकालीले ४५४ मत ल्याएर नेपाली कांग्रेसका विजय हिराचनलाई पराजित गरेका हुन्। हिराचनले ४१७ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकै शर्मिला गुरुङ ७०७ मत ल्याइ विजयी भइन्। 

दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु विष्ट (लोप्छाङ ह्याङ्सी गुरुङ) ७५५ मत ल्याएर विजयी भए। उनले नेपाली कांग्रेसका तेञ्जिङ गुरुङलाई पराजित गरेका हुन्। गुरुङले २०३ मत गरे । उपप्रमुखमा भने नेकपा एमालेका ढोका गुरुङ ६०१ मत प्राप्त गरी विजयी भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell