धादिङः धादिङमा २० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
प्राप्त परिणामअनुसार एमाले १२ वटा वडा, नेपाली कांग्रेसले चार वटा वडा र नेकपा माओवादी केन्द्र चार वटा वडामा विजयी भएका छन्।
एमालेकातर्फबाट धुनीबेसी नगरपालिका–१ मा चन्द्र लामा, २ मा बलराम कुँवर, थाक्रे गाउँपालिका–२ मा राजकुमार पौडेल, ४ मा गणेशमान वाइबा, गल्छी गाउँपालिका–१ मा पूर्णप्रसाद खतिवडा, गजुरी गाउँपालिका–१ मा राजकुमार पण्डित, २ मा चूडामणि कँडेल, बेनीघाट रोराङ–२ मा टङ्ककुमार थापा, सिद्धलेक गाउँपालिका–१ मा चन्द्रबहादुर सिलवाल, २ मा कम गुरुङ, ज्वालामुखी गाउँपालिका–१ मा रामप्रसाद सिलवाल, रुबीभ्याली गाउँपालिका–१ मा मेन घले विजयी भएका हुन्।
त्यसैगरी, नेपाली कांग्रेसकातर्फबाट खनियाबास गाउँपालिका–१ मा बुद्धि तामाङ, २ मा छेकबहादुर तामाङ, थाक्रे गाउँपालिका–१ मा इन्द्रबहादुर थापा धुनीबेसी नगरपालिका–३ मा प्रकाश हमाल वडा अध्यक्षमा विजयी भएका छन्।
नेकपा माओवादी केन्द्रकातर्फबाट थाक्रे गाउँपालिका–३ मा अमित घले, बेनीघाट रोराङ गाउँपालिका–१ मा नन्दु तामाङ, नेत्रावती गाउँपालिका–१ मा चन्द्रबहादुर पल्ली र २ मा शिव थापा निर्वाचित भएका छन्।
११ गाउँपालिका र दुई नगरपालिकामा मतगणना भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
दुई नगरपालिकामध्ये नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् भने धुनीबेसीमा एमालेका उम्मेदवार अगाडि छन् ।
रासस