PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

काभ्रेको चौरी देउरालीका दुई वडामा माओवादी केन्द्र विजयी



रासस

काभ्रेको चौरी देउरालीका दुई वडामा माओवादी केन्द्र विजयी

धुलिखेलः काभ्रेको कोसीपारि चौरी देउरालीमा नेकपा माओवादी केन्द्र दुवै वडामा विजयी भएको छ। 

गाउँपालिकाको वडा नं १ मा राजु आले तामाङ र वडा नं २ मा दिनेश लामा विजयी भएका छन्। तामाङले ३१० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रताव लामाले २७७ मत प्राप्त गरेका छन् । 

त्यस्तै, वडा नं २ मा दिनेश लामाले ३०० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर लामाले २३९ मत प्राप्त गरेका छन्। 

त्यस्तै, डाँडापारिस्थित महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्र अग्रस्थानमा छ। 

प्राप्त परिणामअनुसार वडा नं १ मा माओवादी केन्द्रका कान्छामान जिम्बाले ४३० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज योञ्जनले २०२ मत प्राप्त गरेका छन् । सो वडाको महिला सदस्यमा विकुमाया श्रेष्ठ र दलित महिला सदस्यमा दुर्गामाया परियार र अन्य सदस्यहरुमा ढकबहादुर दर्लामी र वीरध्वज योञ्जन विजयी भएका छन् । 

त्यस्तै, वडा नं २ मा मीनबहादुर वाइबा ३४० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानबहादुर स्याङ्तानले २०१ मत प्राप्त गरेका छन् । वडा सदस्यहरुमा महिला सदस्य मन्दोमाया गोले, दलित महिला सदस्यमा कान्छीमा याल विक र अन्य सदस्यमा ठलबहादुर जिम्बा र बुद्धिमान जिम्बा विजयी भएका हुन् । दुवै वडामा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell