म्याग्दीः बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन्।
सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर्वाचित भएका छन्।
त्यसैगरी, बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । सुरुवातदेखि नै अग्रता लिएको एमालेका प्रत्यासी प्रमोद श्रेष्ठले तीन वडाको मतगणना सकिंदासम्म एक हजार ९२६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गरेका छन् ।रासस