
काठमाडौं : काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका दुई वडामा एमाले उम्मेद्वार विजयी भएका छन्। वडा नम्बर १२ मा एमालेका शम्भु भट्टराई विजयी भएका छन्। भट्टराइले मत १३ सय ८४ पाएका छन्। उनका निकटतम प्रतद्वन्दी कांग्रेसका होमनाथ तिमिल्सिनाले १०२७ मत ल्याएका छन्।
वडा नम्बर १३ मा एमालेकै श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनले ८४७ मत प्राप्त गरेका छन् भने निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्र श्रेष्ठले ५६५ मत प्राप्त गरेका छन्।
दुबै वडाको मत परिणाम अनुसार मेयरमा एमालेले फराकिलो मतान्तरसहित अग्रता लिएको छ। मेयरमा एमालेका उम्मेदवार उद्दव खरेलले २४ सय ७६ मत प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार राजु श्रेष्ठले १७ सय ५८ मत मात्र प्राप्त गरेका छन्। माओवादीका मेयर उम्मेदवारले भने ६३८ मत मात्र प्राप्त गरेर तेस्रो स्थानमा छन्। बुढानिलकण्ठ नगरपालिकाको वडा १२ र १३ पछि ११ नम्बर वडाको मतगणना सुरु भएको छ।