
मन्थलीः रामेछापको मन्थली नगरपालिका ५ मा नेकपा माओवादी केन्द्रका रामबहादुर कार्की विजयी भएका छन्।
कार्की ५१२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजु कार्कीले ३९८ मत ल्याएका छन् ।
त्यस्तै, लिखु गाउँपालिका २ मा कांग्रेसका पदम तामाङ विजयी भएका छन् । त्यस्तै, दोरम्बा गाउँपालिका १ मा नेकपा एमालेका ढालबहादुर लामा विजयी भएका छन् ।