PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

मिस युएस २०१७को बिजेता कारालाई लाग्यो यस्तो आरोप



पहिलोपोस्ट

मिस युएस २०१७को बिजेता कारालाई लाग्यो यस्तो आरोप

सन् २०१७का लागि मिस युएसको उपाधी युवा वैज्ञानिकले हात पारेकी छिन्। २५ वर्षिय फिजिकल साइन्टिस्ट कारा म्याकुलोफले उपाधी चुमेकी हुन्।

कारा युनाइटेड स्टेट्स न्युक्लिअर रेगुलेटोरी कमिसनमा आवद्द रहेकी उनले उपाधी त चुमिन्। तर ताज आफ्नो बनाएको दुई दिन नबित्दै उनी विवादमा तानिएकी छिन्। आइतबार राती भएको अन्तिम प्रतिस्पर्धाको नतिजा पछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनले दिएको जवाफ उचित नहरेको बताएका हुन्।

मिस युएस जितेको खण्डमा आफूले निभाउने भूमिका बारे बोल्दा। उनले जवाफमा आफूलाई नारीवादी रुपमा नचिनाउने बताएकी थिइन्। उनले लैंगिक समानता जोडेर दिएको जवाफलाई परम्परागत भएको आरोप छ। उनले आफ्नो जवाफलाई राजनीतिक भाषण बनाएको भन्दै केहिले पोस्ट गरेको डेलिकलर डटकमले जनाएको छ।

कोलम्बियाकी काराको जन्म भने इटालीमा भएको थियो। विशेक्ष गरी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी उनले कक्षा ६ देखि ११सम्मकालाई पढाउने काम समेत गरिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell