काठमाडौं: नायिका सारिका घिमिरे अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको गीत ‘कान्छि आइलभ यु’ म्युजिक भिडियो सहित सार्वजनिक भएको हो।
गीतको भिडियोमा सारिकासँगै पियुस शम्शेर कुवँर, जिवन कटुवाल र सुरज शर्माको पनि फिचरिङ रहेको छ। जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेका हुन्।
गीतको भिडियोमा टंक बुढाथोकीको ऐरेञ्ज र जीवन कटुवालको कोरियोग्राफी रहेको छ। योदिन एमएल सम्बाहाम्फेको शब्द तथा सङ्गीतमा तयार भएको हो।
यस्तो छ गीतको भिडियो: