PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मेलम्ची– ३ र ४ मा कांग्रेस, २ र ५ मा एमाले विजयी



रासस

मेलम्ची– ३ र ४ मा कांग्रेस, २ र ५ मा एमाले विजयी

मेलम्चीः सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– ३ र ४ मा नेपाली कांग्रेस विजयी भएको छ भने सोही नगरपालिकाको वडा नं– २ र ५ मा नेकपा एमाले विजयी भएको छ। 

नगरपालिकाको वडा नं– ३ को वडाध्यक्षमा नेपाली कांग्रेसका वसन्त गुरुङले ६०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जयराम गुरुङले ४४३ मत प्राप्त गरेका छन्। 

त्यसैगरी, वडा नं ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका दमाईसिंह तामाङ ६०५ मत प्राप्त गरी विजयी भएका छन्। 

वडा नं– २ को वडाध्यक्षमा एमालेका सन्तबहादुर तामाङ ५६७ मत प्राप्त गरी विजयी भएका छन् । 

वडा नं– ५ को वडाध्यक्षमा एमालेका सुदर्शन लुइँटेल ५०३ मत प्राप्त गरी विजयी भएका छन्।
मेलम्ची नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेकपा एमालेका डम्वर अर्यालले दुई हजार ७६५ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका आइतमान तामाङले दुई हजार २१८ मत प्राप्त गरेका छन् छ । नेकपा माओवादी केन्द्रका श्याम खड्काले एक हजार ३८५ र राप्रपाका फणिन्द्र दाहालले एक हजार ३२५ मत प्राप्त प्राप्त गरेका छन् ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell