
काठमाडौं : गोकर्णेश्वर नगरपालिकाका दुई वडाको मत परिणाम अनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार सन्तोष चालिसेले ३ सय ४६ मतको अग्रता कायम राखेका छन्। उनले वडा नम्बर १ र २ बाट कूल १ हजार ६ सय ८६ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी १ हजार ३ सय ४० मत पाएका छन्।
उपमेयरमा शान्ति नेपालले १ हजार ६ सय २८ मत ल्याएर लिड गरिरहेकी छिन् भने एमालेकी शान्ति श्रेष्ठले उनलाई पछ्याउदै १ हजार ४ सय ७ मत ल्याएकी छिन्।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ भने दुई नम्बर वडामा राप्रपाले वडा अध्यक्ष तथा बाँकी एमालेका उम्मेदवारले जित हासिल गरेका छन्।