PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

एक नगरपालिका सहित २६ गाउँपालिकाको रिजल्ट : कसको कहाँ जित?



पहिलोपोस्ट

एक नगरपालिका सहित २६ गाउँपालिकाको रिजल्ट : कसको कहाँ जित?
निर्वाचित जनप्रतिनिधि

काठमाडौं : बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हिमाली र जनसंख्या कम भएका क्षेत्रहरुको मतपरिणाम सार्वजनिक भइसकेका छन्। तर, नगरपालिकाहरुको मतगणना भने अझै जारी छन्। 

हालसम्म सार्वजनिक २७ गाउँपालिकाको नजिता सार्वजनिक भएको छ। जसमा ९ वटामा एमाले, ९ मा कांग्रेस र ८ वटामा माओवादी केन्द्र विजयी भएका छन्। १ स्थानमा भने स्वतन्त्र उम्मेद्वारले विजयी माला पहिरिएका छन्।
नेपाली कांग्रेसका विजयी
नेपाली कांग्रेसले पछिल्लो मतपरिणाममा मनाङको नाशोङ गाउँपालिकामा जीत हात पारेको छ। कांग्रेसका चन्द्र घले विजयी भएका हुन्। उपाध्यक्षमा भने एमालेका मनबहादुर गुरुङ विजयी भएका छन्।
त्यसैगरि जाजरकोटको कुशे गाउँपालिकामा हरिशचन्द्र बस्नेत विजयी भएका छन्। त्यहाँ उपाध्यक्षमा पनि कांग्रेसकै रामछाया शाही चयन भएकी छिन्।
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा पनि कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवैमा जीत हात पारेको छ। अध्यक्षमा नागेन्द्र मल्ल र उपाध्यक्षमा सीता ज्ञवाली विजयी भएका हुन्। 
त्यसैगरि नवलपरासीको बुङ्दीकाली गाँउपालिकामा कांग्रेसका दुर्गाबहादुर राना विजयी भएका छन्। उपाध्यक्षमा भने एमालेकी डिलकुमारी सारु विजयी भएकी छिन्। 
कांग्रेसले बाग्लुङको तमानखोला गाउँपालिकामा जित हात पारेको छ। जोकलाल बुढा अध्यक्षमा विजयी भएका हुन्। त्यस्तै मुस्ताङको थासाङ गाउँपालिकामा बुद्धि शेरचन अध्यक्षमा विजयी भएका छन्। त्यस्तै मुस्ताङकै लोमान्थान गाउँपालिकामा सुवर्णकुमार विष्ट विजयी भएका छन्। 
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङमा फेन्चोक छेप्तेन गुरुङ विजयी भएका छन्। 

मनाङमा नारफू गाउँपालिकामा मिङ्मा लामा र नाशोक गाउँपालिकामा चन्द्र घलेले जित हात पारेका छन्।

एमालेले जितेका
पछिल्लो परिणाम अनुसार एमालेले एक नगरपालिका सहित ८ गाउँपालिकाको अध्यक्षमा जीत हात पारेको छ। डोल्पाको ठूलीभेरी नगरपालिकामा एमालेका गणेशबहादुर शाही प्रखुखमा निर्वाचित भएका हुन्। ठूलीभेरिमा उपमेयर भने राप्रपाले जितेको छ। 
त्यस्तै कास्कीको मादी गाउँपालिकामा एमालेले अध्यक्ष पदमा जित हासिल गरेको छ। एमालेका बेदबहादुर गुरुङ अध्यक्षमा विजयी भएका हुन् भने उपाध्यक्षमा पनि एमालेकै विष्णुमाया पौडेल विजयी भएकी छिन्।
जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा एमाले विजयी भएको छ। एमालेका नरेन्द्रकुमार शाही अध्यक्षमा विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेले बाजी मारेको छ। एमालेकी कुमारी थापा विजयी भएकी हुन्।

डोल्पाको काइके गाउँपालिकामा एमाले अङ्गत राना विजयी भएका छन्। डोल्पाकै शे– फोक्सुन्डो गाउँपालिकामा टसी टुन्डुप गुरुङ विजयी भएका छन्। त्यस्तै, मुस्ताङ्गको घरपझोङ गाउँपालिका पनि एमालेले जितेको छ। एमालेका आसबहादुर थकाली गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन्। मनाङको चामे गाउँपालिकामा लोकेन्द्रबहादुर घले विजयी भएका छन्। मनाङकै नेस्याङ गाउँपालिकामा कान्छा गुरुङ विजयी भएका छन्। एमालेले स्याङ्जा फेदीखोला गाउँपालिकामा पनि विजय हासिल गरेको छ। घनश्याम सुवेदी फेदीखोलामा विजयी भएका हुन्। 

माओवादी केन्द्रले जितेका
पछिल्लो मतपरिणाम अनुसार हुम्लाको ताजाकोट गाउँपालिकामा माओवादी केन्द्रका बागदल मल्ल विजयी भएका छन्। त्यस्तै रुकुमको सानीभेरी गाउँपालिकामा नरबहादुर पुन अध्यक्षमा विजयी भएका छन्। उपाध्यक्षमा पनि माओवादी केन्द्रले जीत हात पारेको छ। केन्द्रकी इन्दीरा वली विजयी भएकी हुन्। 
त्यस्तै सल्यानको दार्मा गाउँपालिकामा पनि माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष जितेको छ। अध्यक्षमा निमबहादुर केसी र उपाध्यक्षमा टिका शर्मा वली विजयी भएका हुन्। 

माओवादी केन्द्रले जुम्लाको हिमा गाउँपालिकामा जित हासिल गरेको छ। हिमा गाउँपालिकामा राजबहादुर शाही अध्यक्षमा विजयी भएका हुन्। त्यस्तै जुम्लामै गुठिचौर गाउँपालिकामा हरिबहादुर भण्डारी विजयी भएका छन्। 

डोल्पाको जगदुल्ला गाउँपालिकामा नरसिंह रोकाय माओवादी केन्द्रबाट अध्यक्षमा बाजी मार्न सफल भएका छन्। त्यस्तै मुड्केचुला गाउँपालिकामा पनि दत्तबहादुर शाही विजयी भएका छन्।

त्यस्तै कालिकोटको सान्नी त्रिवेणी गाउँपालिमा डम्वर शाही विजयी भएका छन्। 
 
स्वतन्त्रले जितेको
स्वतन्त्र उम्मेद्वारले मुस्ताङको दालामे गाउँपालिकामा बाजी मारेका छन्। स्वतन्त्र उम्मेद्वार राजु विष्ट गाउँपालिका अध्यक्ष चयन भएका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell