PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी



रासस

बागलुङको तमानखोला गाउँपालिकामा कांग्रेस विजयी

बागलुङः बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन्। 

उपप्रमुखमा पनि कांग्रेसकै मानसरी शेरचन विजयी भएकी छन्। बुढाले कुल खसेको चार हजार १९३ मतमध्ये दुई हजार २१९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार सूर्यप्रसाद श्रीपालीले एक हजार २६९ मत प्राप्त गरेका थिए। 

उपप्रमुखमा विजयी शेरचनले दुई हजार १५५ मत प्राप्त गरेकी छन्। तमानखोला गाउँपालिका–१ र २ मा माओवादी केन्द्रको समूह नै विजयी भएको छ । वडा नं १ मा थमबहादुर रोका ५१० मत र २ मा मीनबहादुर घर्ती ४२५ मतका साथ अध्यक्षमा विजयी भएका छन्। वडा नं ४ मा नेकपा एमालेका उदिमबहादुर छन्त्याल २१८ मत प्राप्त गरी प्यानलै विजयी भएको छ। वडा नं ५ मा कांग्रेसका हिराबहादुर विक ४५५ मत प्राप्त गरी विजयी भएका छन्। 

वडा नं ३ मा कांग्रेसका गिरबहादुर घर्ती र ६ मा कुलबहादुर छन्त्याल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell