
बागलुङः बागलुङ नगरपालिका वडा नं १ र २ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
वडा नं १ मा ५९९ मत प्राप्त गरी अध्यक्षमा एमालेको दुर्गाबहादुर बोहराको समूह नै विजयी भएको छ।
त्यस्तै वडा नं २ मा पनि एमालेका जीवन आचार्य अध्यक्षमा विजयी भएका छन् । सदस्यमा भने तीन जना नेपाली कांग्रेसबाट र एक जना एमालेबाट विजयी बनेका छन्। रासस