काभ्रेः काभ्रेको मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद तिमल्सिना ४२१ मत ल्याई विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बद्री शाही ठकुरीले ३७६ मत प्राप्त गरेका छन् । सो वडामा कांग्रेसको समूह नै विजयी भएको छ ।
त्यस्तै, पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा कांग्रेसका सुन्दर अधिकारी ४३४ मत ल्याई विजयी भएका छन् । सो वडामा पनि कांग्रेसको पुरै समूह विजयी भएको छ।
त्यसैगरी, पनौती नगरपालिका–१ र २ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ। वडा नं १ को वडाध्यक्षमा एमालेका गुणराज सापकोटा एक हजार ४२९ मत ल्याई विजयी भएका छन्। वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारी ९८७ मत ल्याई विजयी भएका छन्।रासस